January 24, 2021, Sunday
२०७७ माघ ११, आईतवार

थप एक हजार २४ जनामा काेराेना पुष्टि, १० जनकाे मृत्यु

काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा १ हजार २४ जनामा काेराेना संक्रमित पुष्टि भएको छ । याे सँगै नेपालमा हालसम्म कुल संक्रमितको संख्या २ लाख ३९ हजार ८८५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ६ हजार ७४ जनाको परीक्षण गरिएकोमा एक हजार २४ जनामा सङ्क्रमणको पुष्टि भएको उल्लेख गरेको छ ।

हाल १४ हजार २५५ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ । हालसम्म १७ लाख ७८ हजार २४ जनाको पीसीआर परीक्षण गरिएको छ । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा दुई हजार २०६ जना सङ्क्रमित निको भएका छन् ।

हालसम्म दुई लाख २४ हजार ५३ जना सङ्क्रमितकाे डिस्चार्ज भइसकेकाे छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट एक हजार ५७७ जनाको मृत्यु भइसकेको छ ।

शीर्ष समाचार

धेरै पढिएको