September 23, 2021, Thursday
२०७८ आश्विन ७, बिहीबार

कोभिड-१९को विषम स्थितिमा बालबालिकाको अधिकारलाई ध्यान दिन राष्ट्रपतिकाे आग्रह

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ ले सिर्जना गरेका विषम स्थितिमा शिक्षा पाउने बालबालिकाको अधिकारलाई ध्यान दिँदै सरकारका नीति तथा कार्यक्रमको प्रभावकारीरूपमा कार्यान्वयन गर्न आग्रह गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले राष्ट्रपति भवन शीतल निवासमा आज भएको छलफलमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल र शिक्षासचिव गोपीनाथ मैनालीसँग चालु आर्थिक वर्षको नेपाल सरकारको नीति तथा कार्यक्रममा उल्लेख भएका शिक्षासम्बन्धी विषयको कार्यान्वयनका अवस्थाका बारेमा जानकारी पनि लिनुभयो ।

त्यसबखत शिक्षामन्त्री पोखरेलले शिक्षाका नीतिगत विषय र भावी दिनमा शिक्षालाई नागरिकको ज्ञान, सीप र चरित्र निर्माणका दिशातर्फ अभिमुख गराउन आवश्यक रहेको बताउनुभएको थियो ।