
सरकारले सबै किसिमका पसलहरु सञ्चालन गर्न दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार राति सम्पन्न बैठकले सबै किसिमका पसलहरु सुरक्षा मापदण्ड अपनाएर सामाजिक दुरी कायम गरेर सञ्चालन गर्न दिने निर्णय गरेको छ । यसैगरी निजी सवारीसाधन जोर-बिजोरका आधारमा सञ्चालन गर्न दिने निर्णय पनि भएको छ ।
यो निर्णय शुक्रबारदेखि लागुहुने एक श्राेतले बताएको छ । जसअनुसार जोर गते जोर नम्बरका निजी सवारी साधन सञ्चालन गर्न पाइने छ भने बिजोर गते बिजोर नम्बरका सवारी सञ्चालन गर्न पाइने छ । तर सार्वजनिक यातायात भने तत्काल नखोल्ने निर्णय भएको छ। गत चैत ११ गतेदेखि जारी लकडाउनले चौतर्फी असर परेपछि सरकारमाथि लकडाउन खुकुलो बनाउन दवाव बढ्दै आएको अाइरहेकाे बेला। सोही अनुसार सरकारले लकडाउन खुकुलो बनाउने गरी निर्णय गरेको छ ।







