September 23, 2021, Thursday
२०७८ आश्विन ७, बिहीबार

अस्पतालबाट फरार भएका बलात्कार तथा हत्याका आरोपी बोहोरा पक्राउ

बझाङ, डोटी अस्पतालबाट फरार भएका बलात्कार  तथा हत्याका आरोपित फेला परेका छन् ।

मस्टा गाउँपालिकाकी १२ वर्षीया सम्झना कामीको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ गरिएका राजेन्द्र बोहरा बिहीबार राति भागेका थिए । 

बोहोरालाई डोटीको पूर्वीचौकी गाउँपालिकाको फुलोट भन्ने ठाउँमा लुकेर बसेको अवस्थामा शुक्रबार बिहान भेटिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख एसपी जनक पाण्डेले सञ्चारमाध्यमलाई बताएका छन् ।

अस्पतालबाट भागेर उनी कसरी त्यहाँ पुगे भन्नेबारे विस्तृत विवरण आउन बाँकी रहेको पनि पाण्डेले जानकारी दिएका छन् ।

यसअघि बोहरालाई पुर्पक्षका लागि बाल सुधार केन्द्र डोटीमा राखिएको थियो । प्रहरीका अनुसार उनी जिल्ला अस्पताल डोटीको आइसोलेसनबाट राति १० बजेतिर फरार भएका थिए । उनी अस्पतालको आइसोलेसन कक्षको झ्याल फोरेर भागेका हुन् ।