
काठमाडौ – बुढानिलकण्ठ नगरपालिका अखिल नेपाल महिला संघ को सचिब ,बिबेकचोक महिला समुहको अध्यक्ष सरिता रिमालको सक्रियतामा कोभिड १९ कोरना भाइरस बाट जनजिबनामा परेको असरलाई मध्य नजर गर्दै गरिब बिपन्न परिवारको लागि खाद्यान्न सामाग्री सहयोग हस्तान्तरण गरेकाे छ । उक्त खाद्यान्न सामग्री सहयाेग अभियानमा एनआरएनए जर्मनीको महिला सम्योजक करुणा तुलाधर राईबाट पनि केही रकम प्राप्त भई खाद्यान्न सामाग्री चामल ,दाल ,तेल आदि खरिद गरि गर्न सफल भएको थियाे ।
३१ परिवारलाई गत साता सहयाेग वितरण गरेकाे हाे । बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १० मा रहेका गरिब र विपन्न परिवारलाई केही सहज हुन सक्ने भन्दै आफ्नाे महिला समुहले खाद्यान्न सामग्री वितरण गरेकाे अध्यक्ष रिमालले जानकारी गराएकि छिन् । उक्त सहयोग वडा अध्यक्ष श्री नवराज भट्टराईको रोहोबरमा वितरण गरिएको थियोे ।





