
वीरगन्ज महानगरपालिका वडा नं २७ रामपुर टोलमा गाँजा ओसार पसार हुँदैछ भन्ने सूचनाको आधारमा खटिएको प्रहरी अधिकृतसहितको टोलीले बुधबार बिहानपख करिब पौने ३ बजेतिर गाँजा बरामद गरेको छ । डीएसपी गौतमका अनुसार एम्बलुन्स र गाँजा बुधबार बिहान प्रहरीले सार्वजनिक पनि गरिसकेको छ । उक्त गाँजा पर्साको बहुदरमाई नगरपालिका ५ भौराटारतर्फ लैजान लागिएको थियो । बाराकाे सिमरास्थित अल्पाइन मेडिकल कलेज टिचिङ अस्पतालको ना ४ च ८५९९ नम्बरको एम्बुलेन्सबाट गाँजा बरामद भएको हाे।
प्रहरीले गाँजा र एम्बुलेन्ससहित तीन जना व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका १५ बस्ने सन्चार सिंह वाइवाका छोरा अन्दाजी २३ वर्षीय जितबहादुर वाईवा, सोही ठाउँ बस्ने शोभा सिंह वाइवाको छोरा अन्दाजी २२ वर्षीय दिलबहादुर वाईवा र पर्साको बहुदरमाई नगरपालिका ५ भौराटार बस्ने रामइश्वर महतोको छोरा अन्दाजी ३२ वर्षीय हरिशंकर महतो रहेका छन् ।





