May 18, 2021, Tuesday
२०७८ जेष्ठ ४, मंगलवार

पोखरामा प्याराग्लाइडिङ दुर्घटना, पाइलटको मृत्यु

  • 28
    Shares

पोखरा – सोमबार पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक ९एसपी० जीवन श्रेष्ठका अनुसार मृत्यु हुनेमा पाइलट रहेका छन् । प्याराग्लाइडिङ दुर्घटनाबाट गम्भीर घाइते भएका ३८ वर्षीय राजु गैरे नेपालीको उपचारको क्रममा मृत्यु भएको एसपी श्रेष्ठले जानकारी दिए ।

फिस्टेल प्याराग्लाइडिङका नेपालीको उपचारको लागि पोखरास्थित मेट्रो सिटी अस्पतालमा पु‍र्याउँदा मृत्यु भएको श्रेष्ठले बताए । यस्तै प्याराग्लाइडिङ दुर्घटना हुँदा एकजना गम्भीर घाइते भएको छ । प्याराग्लाइडिङ काठमाडौं बुढानिलकण्ठ नगरपालिका–२ घर भएकी २८ वर्षीया शीला श्रेष्ठ गम्भीर घाइते भएको एसपी श्रेष्ठले बताए ।

घाइते श्रेष्ठको मेट्रो अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारको लागि हेलिकोप्टरमार्फत काठमाडौँ पठाइएको एसपी श्रेष्ठले बताए । श्रेष्ठको छाती, ढाड, खुट्टा, हातमा चोट लागेको छ । सराङकोटबाट उडेको प्याराग्लाइडिङ ल्यान्ड हुनुभन्दा २ किलोमिटर अगाडि दुर्घटना भएको प्रहरीले जनाएको छ । rp

शीर्ष समाचार

धेरै पढिएको