May 18, 2021, Tuesday
२०७८ जेष्ठ ४, मंगलवार

बिगत ६ वर्षदेखि न्यूलिटिल नेपाली रेष्टुरेन्टमा काम गरेका दिपक आर्थिक हिनामिना गरि फरार

  • 426
    Shares

दक्षिण काेरिया, विगत ६ वर्षदेखि बुसान किम्हेमा अवस्थित न्यू लिटिल इन्डिया एण्ड नेपाली रेस्टुरेन्टमा काम गरेका दिपक पाैडेल ८ लाख २० हजार काेरियनवन लिएर बेपत्ता भएका छन् । उनी एक हप्तादेखि सम्पर्क बिहिन भएको रेस्टुरेन्ट संचालक गाेबिन्द पाण्डेले जानकारी दिए ।

पाैडेल न्यू लिटल इण्डिया एण्ड नेपाली रेस्टुरेन्टमा कूक्,वेटर सङ्गै क्यासियरको समेत काम गर्दै आइरहेका थिए । नेपालमा गुल्मी घर भएका दीपक पौडेल बिगत एक हप्ता देखी सम्बन्धित ब्यक्तिलाई समेत जानकारी नगराइ भागेकाे आराेप उनलाई लागेकाे छ ।

गत हप्ताको १३ तारिख सम्म पाैडेल हासिखुशी रेस्टुरेन्टमा काम गरिरहेका थिए तर उनि एक्कासी १४ तारिख बिहान ०३:२७ बजे रेस्टुरेन्टको काउन्टरबाट रकम निकालेर ट्याक्सी चढी भागेको दृश्य समेत सिसिटिबी फुटेजमा कैद भएको सञ्चालक पाण्डेले बताएका छन् ।

सञ्चालक पाण्डेले भने लामो समय देखी सँगै रहेकाले म उसलाई परिवारको सदस्य मान्दथे,घरपरिवार सबै छोडेर आएको हुँदा केहि समस्या भए सकेको समाधान गर्दथे तर आफ्नाे श्रीमती सुत्केरी भएको समयमा पाैडेललाई सबै जिम्मेवार सुम्पिएर हस्पिटल मा रहदा केहि नभनी काउन्टरबाट रकम झिकी खिमे ब्रान्चबाट फरार भएको पाण्डेले बताए । बिदामा नेपाल गएको समयमा पौडेल ले आफू काम गर्दै गरेको लिटिल इण्डिया रेस्टुरेन्टको फर्जी डकुमेन्ट पत्र बनाइ जापान भिषा एप्लाई गरेको र त्यो प्रक्रीया रद्द भएको आरोप पाण्डेको छ।

दिपक पाैडेलकाे परिवारलाई समेत नेपाल देखि कोरिया ल्याएर केहि समय परिवार सङ्गै बस्ने बाताबरण समेत मिलाइएको थियाे । पाैडेल सम्पर्क बिहिन हुना साथ नेपालमा रहेका परिवारलाई जानकारी गराउदा परिवारबाट समेत धम्कीपुर्ण भाषा प्रयोग गरिएको संचालककाे भनाइ छ ।

लामो समय आफुसँग परिवारको सदस्य जस्तै गरि रहेकाले पौडेललाई तत्काल आफ्नो सम्पर्कमा आउन आग्रह गरेको संचालक पाण्डेकाे अनुराेध छ । अन्यथा कानुनी बाटो खोजिने पाण्डेले बताए ।

शीर्ष समाचार

धेरै पढिएको