April 20, 2024, Saturday
२०८१ बैशाख ८, शनिबार

पत्रकार गोकर्ण गौतमको निधन

काठमाडौँ – मष्तिष्कको नशामा समस्या आएपछि उपचारको क्रममा पत्रकार गोकर्ण गौतमको निधन भएको छ । मष्तिष्कको नशामा समस्या आएपछि शल्यक्रिया गर्दा रक्तश्राव भइ उनको बिहीबार निधन भएको हो ।

कला,साहित्य सम्बन्धी कलम चलाउँदै आएका पत्रकार गौतमको बिहीबार बिहान साढे ११ बजे बाँसबारीस्थित उपेन्द्र देवकोटा मेमोरियल नेशनल इन्स्टिच्युट अफ न्युरोलोजिकल एन्ड एलाइड साइन्सेस (न्युरो अस्पताल)मा निधन भएको हो । उनी सोमबार अस्पताल भर्ना भएका थिए । ३१ वर्षीय पत्रकार गौतम समसामियक विषयवस्तु तथा सामजिक विषयहरुमा पनि कलम चलाउँथे ।

शीर्ष समाचार

धेरै पढिएको