November 30, 2020, Monday
२०७७ मंसिर १६, मंगलवार

काेराेना संक्रमित पत्रकार धमला लाई राष्ट्रपति र प्रधानमन्त्रीद्वारा स्वास्थ्य लाभकाे कामना

  • 33
    Shares

काठमाडौं, २७ कार्तिक , राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमण भएर होम-आईसोलेशनमा बसेका पत्रकार ऋषि धमलालाई स्वास्थ्यलाभको कामना गरेका छन् । प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले पत्रकार धमलालाई फोन गरेर प्रधानमन्त्रीले स्वास्थ्यलाभको कामना गरेको सुनाए ।

त्यस्तै, राष्ट्रपति भण्डारीले पनि धमलाको स्वास्थ्यलाभको कामना गरेको राष्ट्रपतिका स्वकिय सचिव भेषराज अधिकारीले जानकारी दिए । धमलालाई कार्तिक २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

कन्ट्याक्ट-ट्रेसिङको आधारमा आज गराएको (कोभिड–१९) स्वाब परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ । यो बीचमा मसँग प्रत्यक्ष सम्पर्कमा रहनुहुने सबैले आवश्यक स्वास्थ्य सतर्कता अपनाउनुहोला । म आजैबाट होम–आईसोलेशनमा बसेको छु । यहाँहरुको माया, सद्भाव, शुभेच्छा र आशिर्वादले कोरोना संक्रमणलाई छिट्टै परास्त गर्ने विश्वास लिएको छु । धन्यवाद ।’

शीर्ष समाचार

धेरै पढिएको