November 30, 2020, Monday
२०७७ मंसिर १६, मंगलवार

हराएको १० वर्षपछि सम्पर्कमा आए वास्तविक भण्डारी, कहाँ थिए यतिका वर्ष

  • 93
    Shares

सिन्धुपाल्चोक, बाह्रबिसे नगरपालिका २ कर्थलीका राम्जी भण्डारीको माईलो छोरा वास्तविक भन्डारी विगत १० वर्ष देखि सम्पर्क विहिन थिए ।

बाबु आमाको मनन हो आफ्नो छोराछोरी आफू भन्दा टाढा राख्ने कसलाई रहर हुन्छ र गाउँघर गरिबीले गर्दा एक छोरालाई ६ बर्शको उमेर मै एक अमेरिकि मुलकको नागरिकले उच्च शिक्षा सम्म अध्ध्यन गराईदिने भनेर परिवारबाट लिएर गएका थिए । र केही समयपछि बुबा आमाले छाेरालाई भेट्न खाेज्दा अहिले तपाईहरुले भेट्न मिल्दैन भन्ने जवाफ पाए । त्यसपछि दुई वर्ष सम्म खोजी गरे तर भेटिएन बच्चा लिएर जाने मान्छे एकाएक सम्पर्क बिहिन भए परिवारमा निराश छायो ।

पछि बच्चा लिएर गएको व्यक्ति सपरिवार अमेरिका गएका छ्न् भन्ने जानकारी पाए तर छाेरा सँग सम्पर्क गर्ने माध्यम मिलेकाे थिएन । त्यसपछि छाेराे पर्किने आशमा बुबा आमाले वर्षाै काटे । हराएका छाेरा वास्तविकसँग जन्मदर्ता सँगै रहेछ र सामाजिक सञ्जालकै मार्फत उनकाे भेट हाम्रोकान्तिपुरका संवाददाता उमेश जंङ कार्कीसँग भयाे त्यसपछि संवाददाता कार्कीले वास्तविककाे आफन्तलाई भेट गराइदिएका हुन् । अम्तिममा बुबाआमाकाे त्याे आशा वास्तविकतामा परिवर्तन भयाे । सम्पर्क बिहिन भएको समयमा वास्तविक पाेखरामा थिए भने अर्काे एक संस्थाले उनलाई अध्ययन गराइरहेको थियोे ।

शीर्ष समाचार

धेरै पढिएको