
विश्व भरिनै कोरोना महामारी ले ग्रसित भएको अवस्थामा नेपालपनि अछुतो रहन सकेन कोरियामा रहेका नेपालीहरुले देशको निमित्त स्वास्थ्य सामग्रीहरू पठाइरहेका छन् त्यस्तै नुवाकोट समाज दक्षिण कोरियाले पनि नुवाकोटमा कोरोना रोकथामको निमित्त अतिआवश्यक पर्ने स्वास्थ्य सामग्रीहरु पठाएका छन् ।
नुवाकोटको १२ तहको स्वास्थ्य सस्थाहरुमा स्वास्थ्यकर्मीहरुको लागि स्वास्थ्य सामग्री जिल्ला स्वास्थ्य प्रमुख , समन्वय परिसद प्रमुख , जिल्ला प्रशासन अधिकारीज्युकाे रहोवरमा समाजका प्रतिनिधि यदु कुमार गिरि , गोकर्ण रिजालले सबै स्थानिय तहहरुको प्रमुख र प्रतिनिधीहरुलाई गत जेठ २३ गते स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् । स्थापनकाल देखि सामाजिक कार्यहरुमा अग्रसर रहेको यस संस्थाले कोरियामा मात्र नभई नुवाकोट को विभिन्न क्षेत्रमा आपतकालीन अवस्थामा दैवीक प्रकोपका बेला अाइपर्ने समस्याहरुमा पनि देशवासिहरुलाई सहयोग गर्दै आएको छ।
नुवाकोट जिल्लाको २ नगरपालिका र १० गाउँपालिकामा रहेको ८६ स्वास्थ्य चौकीहरु उप स्वास्थ्य चौकी , त्रिशुलि अस्पताल , खरानिटार अस्पताल , समुन्द्रटार अस्पतालमा अहोरात्र खटिने स्वास्थ्यकर्मीहरुको लागि सहयोग गरेको थियो । ९६ थान पिपिइ , १७ थान थर्मल गन १७१,५०० मिलि लिटरको स्यानिटाइजर , ४८०० जोडि ग्लबस , २५१० थान के एन ९५ माक्स रहेको छ ।

अहिलेको विषम परिस्थितिमा कोभिड १९ महामारी बाट सुरछित तबर बाट उपचारका लागि स्वास्थ्यकर्मीहरुलाई थप हौसल्ला र मनोबल बढने र जिल्लाको सबै तहमा थोरै भए पनि राहत मिल्ने संस्थाका अध्यक्ष राज दोङ तामाङ को भनाई छ। र यस अभियानमा सहयोग गर्नुहुने सम्पूर्ण व्यक्तिहरूलाई संस्थाकाे तर्फबाट अध्यक्ष तामाङले आभार प्रकट गरेका छन् ।





