December 1, 2020, Tuesday
२०७७ मंसिर १६, मंगलवार

‘सुसाईड नोट’ लेखेर हराएका डाक्टर झा काभ्रेमा भेटिए

  • 22
    Shares

काठमाडौं – भक्तपुरबाट बेपत्ता भएका अर्थोडोन्टिस्ट डा.दिगम्बर झा भेटिएका छन् । मङ्गलबार बिहान डा. झा सुसाईड नोट लेखेर बेपत्ता भएका थिए । काभ्रेको भुम्लु गाउँपालिका–१० स्थित ५५ किलोमा डाक्टरलाई फेला पारिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता (डिएसपी) कुमार विक्रम थापाले बताए ।

उनी ठिमीस्थित द डेन्टल सिटीका निर्देशक हुन् । गाडी लुकाएर घोत्लिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय काभ्रेको टोलीले उनलाई फेला पारेको हो । बिहान ५ बजेतिर बा.१६ च. ८६७९ नम्बरको कारमा उनी घरबाट निस्केका थिए । प्रहरीले उनी चढेको कार पनि फेला पारेको छ ।

डेन्टल क्लिनिकको माथिल्लो तलामा भाडामा बस्दै आएका डा. झा र उनको बुवाको सम्बन्ध राम्रो थिएन् । घरबाट निस्केको दुईघण्टामा उनी काभ्रे पुगेका थिए । पनौती हुँदै उनी दोलालघाट नजिक गएको प्रहरी अनुसन्धानबाट थाहा भएको छ । डा.झाले फेसबुक पेजमा सुसाईड नोट लेखेका थिए । रातोपाटी

शीर्ष समाचार

धेरै पढिएको