December 1, 2020, Tuesday
२०७७ मंसिर १६, मंगलवार

भरतपुर महानगरद्वारा विपन्न तथा जेहन्दार विद्यार्थीलाई साइकल हस्तान्तरण

  • 35
    Shares

भरतपुर, भरतपुर महानगरपालिकाले पश्चिम चितवनका विपन्न तथा जेहेन्दार छात्राहरुलाई नि:शुल्क साइकल हस्तान्तरण गरेको छ । विद्यालय शिक्षामा छात्राहरुको लक्षित वर्गका किशोरीहरुलाई शैक्षिक निरन्तरताका लागि महानगरले ६ वडाका १६२ जना छात्राहरुलाई सोमवार नि:शुल्क साइकल वितरण गरेको हो ।

महानमगरद्वारा आयोजित “जोखिममा परेका महिलासँग मेयर” कार्यक्रममा महानगर प्रमुख रेनु दाहालले उक्त साइकल वितरण गरेकी हुन् । साइकल पाउनेहरुमा भरतपुर महानगरपालिकाका १७, २४, २५, २६, २७ र २८ नम्बर वडाका छात्राहरु रहेका छन् । यसअघि भरतपुर महानगरपालिकाले पश्चिम चितवनका १३, १४, २२, २३, २४ वडाका १७ विद्यालयका १ सय ३५ जना विद्यार्थीलाई साइकल वितरण गरेको थियो ।

हालसम्म महानगरले २९६ वटा साइकल वितरण गरेको छ । महानगरले १२ वटा वडाका कुल ३ सय ३० जना छात्रालाई साइकल वितरण गर्ने योजना पनि बनाएको छ । महानगरको अघिल्लो आर्थिक वर्षको योजना अन्तर्गत साइकल हस्तान्तरण गरिएको हो । कोभिड-१९ का कारण अघिल्लो आर्थिक वर्षमा साइकल हस्तान्तरण गर्न नसकिएकाले यसपटक साइकल हस्तान्तरण गरिएको महानगर प्रमुख दाहालले बताएकी छन् ।

महानगरका विद्यालयलाई छात्रामैत्री र प्रविधिमैत्री बनाउन लागिपरेको उनले बताइन । महानगरका आधारभुत विद्यालयलाई ल्याप्टप वितरण गर्ने तयारी थालेको र सबै विद्यालयहरुमा इन्टरनेटको प्रबन्ध यही वर्षमा गरिने उनको भनाइ छ । उनले भने,”महानगरभित्रका सरकारी विद्यालयहरुको शैक्षिक स्तर विकासका लागि भौतिक संरचना विकासमा धमाधम काम भइरहेको छ ।

१ सय २३ वटा सामुदायिक विद्यालयमध्ये ६० वटा विद्यालयको भौतिक संरचना निर्माण अहिले महानगरले गरिरहेको र विद्यालयहरुको शैक्षिक विकासका लागि स्कुल बस पनि प्रदान गर्न लागिएको छ ।”

शीर्ष समाचार

धेरै पढिएको