April 25, 2024, Thursday
२०८१ बैशाख १४, शुक्रबार

पूर्वसांसद तथा तत्कालीन नेकपाका केन्द्रिय सदस्य लामाको निधन 

काठमाडौं, पूर्वसांसद तथा तत्कालीन नेकपा एमालेका केन्द्रीय सदस्य वीरबहादुर लामाको निधन भएको छ । ७० वर्षीय लामाको आज विहान पाटन अस्पतालमा उपचारको क्रममा निधन उनका पारिवारिक स्रोतले जानकारी दिएका छन् ।


दुवै मृगौलाले काम गर्न छाडेपछि उनी २ वर्षदेखि नियमित रुपमा डायलाइसिस गर्दै आएका थिए । निमोनिया भएपछि सोमबारबाट उनलाई भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो ।

उनी २०४९ सालमा मकवानपुर जिल्ला विकास समितिका सभापति बनेका थिए । उनी २०५६ सालमा मकवानपुर ३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । २०३३ सालमा नख्खु जेलबाट सुरुङ खनेर भाग्ने १५ जना राजबन्दी मध्य लामा एक थिए ।

शीर्ष समाचार

धेरै पढिएको