December 1, 2020, Tuesday
२०७७ मंसिर १६, मंगलवार

कलाकार निर्मल शर्मा ‘गैडा’ लाई कोरोना पुष्टि 

  • 20
    Shares

काठमाडौं, कलाकार, निर्देशक निर्मल शर्मा ‘गैडा’ लाई कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार गराएको कोरोना पिसिआर टेष्टमा उनको रिपोट पोजेटिभ आएको हो ।

आफूलाई कोरोना पुष्टि भएको शर्माले सामाजिक संजालमार्फत जानकारी गराएका छन् ।

‘एक दिन सामान्य ज्वरो आएको बाहेक कुनै लक्षण देखा नपरेपनि हिजो गरेको पिसिआर टेष्टमा मेरो रिपोट पोजेटिभ आएको जानकारी गराउँछु’ शर्माले अगाडि लेखेका छन्, ‘आजबाट १४ दिन पूर्ण रुपमा घरमै बसी कोरोनामुक्त हुने प्रयास गर्नेछु ।’

उनले आफूसँग सम्पर्कमा आएका सबैलाई समेत सचेत रहन र लक्षण देखापरे टेष्ट गराएर सुरक्षित रहन अनुरोध पनि गरेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको