December 1, 2020, Tuesday
२०७७ मंसिर १६, मंगलवार

चीनद्वारा भरतपुर महानगपालिकालाई स्वास्थ्य सामाग्री सहयोग प्रदान

  • 68
    Shares

चितवन – भरतपुर महानगरपालिकालाई मित्रराष्ट्र चीनबाट कोभिड–१९ विरुद्ध लड्न स्वास्थ्य सामग्री सहयोग प्राप्त भएको छ । चीनको सिपिङ सिटी फ्रि ट्रेड कम्प्रिहेन्सिभ सर्भिसले भरतपुर महानगरलाई स्वास्थ्य सामग्री सहयोग गरेको हो ।

मेडिकल प्रोटेक्टिभ मास्कलगायतका आवश्यक स्वास्थ्य सामग्रीहरु चीनको सिपिङ सिटी सर्भिसले उपलव्ध गराएको भरतपुर महानगरपालिकाले जनाएको छ । भरतपुर महानगर प्रमुख रेनु दाहालले भरतपुर महानगरपालिकालाई कोभिड– १९ विरुद्ध लड्न आवश्यक पर्ने विभिन्न स्वास्थ्य सामाग्री चीनबाट प्राप्त भइरहेको जानकारी गराएकी छन् ।

मेयर दाहालका अनुसार प्राप्त स्वास्थ्य सामग्री आवश्यकता अनुसार भरतपुर महानगरअन्तर्गत रहेका स्वास्थ्य संस्थाहरुलाई वितरण गरिनेछ ।

शीर्ष समाचार

धेरै पढिएको