December 3, 2020, Thursday
२०७७ मंसिर १८, बिहीबार

तिहारपछि सार्वजनिक स्थानमा निःशुल्क खाना खुवाउने अभियान बन्द हुने

काठमाडौं, तिहारको भाइटीकापछि खुलामञ्च लगायतका सार्वजनिक स्थानमा निःशुल्क खाना खुवाउने अभियान रोकिने भएको छ ।

शुक्रबार काठमाडौं महानगरपालिका र अभियन्ताहरुबीच मंसिर २ गतेदेखि सार्वजनिक स्थानमा खाना नखुवाउने सहमति भएको हो । निःशुल्क खाना खुवाउनु परेमा वैकल्पिक स्थानको पहिचान गरि स्थानीय पालिकाहरुसँग समन्वय गर्ने सहमति पनि उनीहरुबीच भएको छ ।
त्यसका लागि काठमाडौं महानगरपालिकाले सहयोग गर्ने भएको छ ।

खाना खुवाउने संस्थाले भाइटीकाको दिनसम्म खाना खुवाउने वैकल्पिक स्थानको खोजी समेत गर्ने भएका छन् । खुलामञ्चमा खाना खुवाउँदा संक्रमण झन् बढ्न सक्ने, स्वास्थ्यवर्द्धक वातावरण नहुने र सामाजिक प्रतिष्ठा कायम नहुने भएकाले व्यवस्थित गर्न दुबै पक्ष सहमत भएको हो ।

शीर्ष समाचार

धेरै पढिएको