
काठमाडौं – विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रीय समितीको समन्वय तथा संयोजनमा मिसन नेपाल राष्ट्र निर्माण अभियान, नेपाल क्रोवा रक्षादल, नेपाल पुरोहित संघ बागमती प्रदेश समितीको सक्तियतामा कोभिड-१९ प्रकोपलाई नेपालमा फैलिन नदिन सरकारले गत साल चैत्र ११ गतेदेखि लगाउँदै आएको लक डाउनको प्रकाेप अझैसम्म छ ।
उक्त लकडाउनकाे सुरुदेखिनै विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रीय समिती लगाएत अन्य सबै सहयाेगिहरुले गाईगोरु,नन्दी,बाँदर,परेवा,कुकुरहरुलाई हरियो तरकारी,पराल,केरा,गाँजर,कोशा,गँहु, मकै,बिरियानी वितरण अादि दैनिक रुपमा खुवाउँदै आईरहेको छ। याे सहयोग कार्य काठमाडौंका विभिन्न ठाउँ र पाशुपात क्षेत्रमा वितरण भैरहेकाे छ । हरेक दिन तीन चरणमा हुने कार्य अहिले पाशुपत क्षेत्र मात्र नभएर पशुपतिनाथ मन्दिर भित्र रहेका गाईहरु,सडकवाट उठाईएको नन्दी साढेहरु र राजधानीका विभिन्न स्थानहरुमा रहेका गाईगोरु एवं पशुपतिनाथ,गुहेश्वरी, भद्भकाली, मैतीदेवी,बौद्ध,स्वयम्भु,हनुमानढोका, पिटन दरवार,भक्तपुर दरवार क्षेत्रका परेवा, बाँदर, काठमाण्डौ सहित ललितपुर र भक्तपुर क्षेत्रका सामुदायिक कुकुरहरुलाई दैनिक खाना खुवाउँदै आएकाे सामाजिक धार्मिक अभियान्ताहरुले पशुपन्छीलाई मात्र नभएर लक डाउनको कारणले हरियो सागसब्जी लिन नसक्नेहरूलाई दैनिक हजारौ किलो ताजा तरकारी वितरण गर्दै अाएकाे छ ।

कोरना भाईरसवाट बच्न सामाजिक दुरी कायम गदै मानिसहरू घर बाहिर नआएको समयमा आफनो जिवनको कुनै प्रभाव नगरी पशुपन्छी र प्राणीहरुको प्राण बचाउँन सक्रिय विश्वहिन्दू महासंघ लगमएत अन्य धार्मिक विशिष्ट व्यक्तिको पनि सक्रियता रहेकाे विश्वहिन्दु युवासंघ अन्तर्राष्ट्रिय समितिका अध्यक्ष सागर थापाले हाम्रो कान्तिपुर लाई जानाकारि गराएकाे छ । युवा अभियान्ताहरुको सक्तियतामा बिभिन्न बालगृहमा आश्रित वालवालिकाहरुलाई समेत चामल,दाल,तेल,मसला,बिभिन्न ताजा सागसब्जी, नुन भेजिटेवल तरकारी र खाना दिदै आएका अभियानलाई सरकारी वा गैर सरकारी निकायहरुवाट कुनैपनि सहयोग नभएको वताउछन्।

विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रीय समितीका केन्द्रीय अध्यक्ष सागर थापा उनका अनुसार कोरना भाईरस प्रकोप नियन्त्रण गर्न सरकारले अहिले सम्म झण्डै १० अर्ब रूपैया खर्च भएको वताई रहँदा वास्तविक रुपमा अग्रमोर्चामा रहेको संघसस्थांहरु संग लाई कुनैपनि सहयोग नभएको देख्दा कतै कोरना भाईरसका नाममा लुटतन्त्र भईरहेको पो होकि भन्ने चिन्ता जनाउछन् । अध्यक्ष थापाले विश्वमा महामारीका रुपमा फैलिएको कोभिड-१९ कोरना भाईरस प्रकोपको डरलाग्दो विषम परिस्थितिमा मानिसका अलवा पशुपन्छीका सेवा समर्पित हुने एकमात्र अभियान यो भएको वताउँदै थापाले मागेर पनि खान नसक्ने पशुपन्छी सहित असहाय, विपन्न, परिवार र बिभिन्न बालगृहमा आश्रित वालवालिकाहरुको कोरना भाईरस प्रकोपको यो समयमा प्राण रक्षा गर्ने कार्यमा सवैबाट सहयोगको समेत अपिल गरेका छन् ।






