November 25, 2020, Wednesday
२०७७ मंसिर १०, बुधबार

चिनमा एक दशकको जनगणना सुरु, गणनाका लागि ७० लाख कार्यकर्ता

  • 6
    Shares

हखा, विश्वको सबै भन्दा धेरै जनसंख्या रहेको देश चीनले एक दशकको जन गणना शुरु गरेको छ । कोभिड-१९ बाट थलिएर केही महिनाअघि मात्र उठेको चीनमा जनगणनाका लागि खटिएका गणकले मोवाइल एप्स प्रयोग गर्ने भएका छन् ।

गणनाका लागि चीनले ७० लाख सामुदायिक कार्यकर्ता तथा स्वयंसेवक खटाएको छ । जनसंख्या संकलन गर्न २ वर्ष लाग्ने अनुमान गरिएको छ ।

जनसंख्या वृद्धि, स्वास्थ्य, पारवहन, श्रम र अन्य सेवाका लागि श्रोत छुट्याउन चीनमा दश–दश बर्षमा जनगणना हुने गर्दछ । सन् २०१० मा भएको जनगणना अनुसार चीनको जनसंख्या एक अर्ब ३३ करोड ९७ लाख २४ हजार ८ सय ५२ थियो ।

दश वर्षको अवधिमा सो संख्यामा ५ दशमलव ८३ प्रतिशत प्रतिशत वृद्दि भएको अनुमान गरिएको छ । एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको