December 4, 2020, Friday
२०७७ मंसिर १९, शुक्रबार

काठमाडौं उपत्यकामा थप १ हजार ६२२ जनामा कोरोना पुष्टि

  • 18
    Shares

काठमाडौं, पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ६ सय २२ संक्रमित थपिएका हुन् । योसँगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या ७८ हजार ६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिएका छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा १ हजार ३ सय ६२ , ललितपुरमा १ सय ६४ र भक्तपुरमा ९६ संक्रमित थपिएका छन् । योसँगै काठमाडौंमा ६३ हजार २ सय १७ जना, ललितपुरमा ८ हजार ९ सय ५८ , भक्तपुरमा ५ हजार ७ सय ९५ जना संक्रमित थपिएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको