March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

बिरगंजमा चाडपर्वको शुभकामना आदान प्रदानसहित बृहत रक्तदान कार्यक्रम सम्पन्न

बिरगंज, बिरगंज महानगरपालिका-१४ मा शनिबार बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बिरगंज ओम शिवशक्ति बचत तथा ऋण सहकारी संस्था र प्रकाशनगर टोल विकास कोषको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा १५ जना महिला सहित १३० जनाले रक्तदान गरेका छन । कार्यक्रमको उदघाटन नेपाली कांग्रेस पर्साका सभापति अजय कुमार दुबेदिले गरेका थिए ।

कार्यक्रममा नेपाल बार एसोसिएसनका उपाध्यक्ष रामचन्द्र सिंह, समाजसेवी शिवशंकर पटेल, ब्लड डोनर्स एसोसिएसन का सहसचिव उमेश गुप्ता, नेपाली कांग्रेसका पर्सा जिल्ला सचिव श्याम पटेल, युवा नेता धर्मेन्द्र पटेल, सुनिल पटेल, नेविसंघका पूर्व केन्द्रिय सदस्य सुधीर पटेल, नेविसंघका वर्तमान उपाधयक्ष विकेश पटेल लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रकाशनगर टोल विकास कोषका अध्यक्ष सुरेन्द्र पटेल, सचिव श्याम राम, वडा नं ५ का एकाई कमिटीका अध्यक्ष प्रमोद पटेल, युवा नेता हाकिम अंसारी, पार्टिका कार्यकर्ता विकि पटेल, कामेश्वर पटेल हरिओम पटेल, प्रमोद पटेल, रवीन्द्र पटेल लगायतले सहयोग गरेका थिए । कार्यक्रमको सञ्चालन अनिल कुमार साहले गरेका थिए ।

शीर्ष समाचार

धेरै पढिएको