November 25, 2020, Wednesday
२०७७ मंसिर १०, बुधबार

काठमाडौंबाट पठाएका ३ सय स्मार्ट लाइसेन्स खेतमा भेटिए

  • 73
    Shares

जनकपुरधाम उपमहानगरपालिका– १४ स्थित यातायात व्यवस्था कार्यालय जनकपुरदेखि झन्डै दुई सय मिटर पश्चिमतर्फ खेतमा यातायात व्यवस्था विभागले पठाएका लाइसेन्स फेला परेकाे छ ।

खेतमा धान काट्न गएका स्थानीय महिलाले बुधबार छरिएको अवस्थामा लाइसेन्स देखेका थिए । पछि उनीहरूले संकलन गरी सबै लाइसेन्स यातायात व्यवस्था कार्यालय जनकपुरमा बुझाएका थिए । सिसिटिभीको निगरानीमै रहेको स्थानबाट लाइसेन्स हराएका थिए । बनेका लाइसेन्सको वितरणमा समेत ढिलाइ हुँदै आएको सेवाग्राहीको गुनासो रहेकै वेला धान खेतमा ठूलो संख्यामा लाइसेन्स भेटिएका छन् । यातायात व्यवस्था कार्यालय जनकपुरका प्रमुख विपिनलाल कर्णले खेतमा भेटिएका करिब तीन सय लाइसेन्स सक्कली रहेको र कसरी खेतमा पुगे भन्ने अनुसन्धानको विषय भएको बताए ।

यातायात व्यवस्था कार्यालय प्रमुख कर्णका अनुसार लाइसेन्स स्टोर र वितरण शाखाका कर्मचारीको जिम्मामा थिए, स्टोर शाखाका कर्मचारी दसैँ बिदाभन्दा पहिलादेखि नै बिदामा छन्, वितरण शाखा खुल्दै आएको छ ।त्यसैले घटनामा कर्मचारीकै संलग्नता बलियो देखिएको छ । र, करारबाट हटाइएपछि पनि विनातलब काम गर्ने कर्मचारीको पनि हात रहेको आशंका छ ।

आजकाे नयाँ पत्रिकामा समाचार छापिएको छ, यातायात व्यवस्था कार्यालय जनकपुरमा भएको गम्भीर लापरबाही सतहमा आएको छ । जनकपुरधामस्थित धानखेतमा करिब तीय सय स्मार्ट सवारीचालक अनुमतिपत्र (लाइसेन्स) फेला परेका छन् । यातायात व्यवस्था कार्यालयले सबै लाइसेन्स सक्कली भएको पुष्टि गरेको छ ।

शीर्ष समाचार

धेरै पढिएको