May 12, 2021, Wednesday
२०७८ बैशाख २९, बुधबार

काेरियामा नेपालीहरुकाे दशै, तस्बिरहरु

  • 446
    Shares

दक्षिण काेरिया, कोरोना महामारीको संकटमा विश्व गुज्रिरहदा एक समय चिन पछिकाे दाेस्राे काेराेना संक्रमित रहेकाे देश बनेकाे थियोे काेरिया ,तर सरकारले विपतको अबस्थामा चालेकाे कदम र अनुशासित दक्षिण काेरियाका जनताकाे कारण पनि काेराेना धेरै फैलिन पाएन यद्यपि पछिल्लो समय भने पुन केही संक्रमितहरु थपिने क्रम जारी रहेकाे छ ।

यहि संकटको बिचमा पनि काेरियामा रहेकाे केहि नेपालिहरुले नेपालीहरुकाे महान पर्व दशै मनाउँदै विजय दशमीकाे दिन टीका लगाएका छन् । कतिपयले आफ्नाे निवासमै लगाएका छन् भने केही नेपालीहरुले सामाजिक दुरि कायम गरि साथिहरुसँग एक आपसमा टीका ग्रहण गरेर विजया दशमी मनाएका हुन् । काेरियामै बिहे गरेका नेपाली चेलिहरुले पनि नेपाली परम्परा अनुसार जमरा राखि विजया दशमी मनाएका छन् ।

उनिहरुले आफ्ना काेरियन परिवारलाई पनि नेपाली परम्परा बुझाई टीका ग्रहण गरेका छन् । यसपटक महामारीको कारण आफन्त, ठूला बडा, मान्यजनहरुबाट दुर्गा भवानीको प्रसाद स्वरुप टीका तथा जमरा आ–आफ्ना घरभित्र मात्र थापेका छन् । आफ्ना एकल परिवार वा घर भित्रै रहेका परिवार सदस्यहरुबीच मात्रै दसैँ मनाए भने जानै पर्ने स्थानमा भने पुगेर भर्चुअल रुपमा आशिर्वाद लिएका छन् ।

जमरालाई समृद्धिको प्रतिकको रुप मानी लगाउने गरिन्छ । असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजया दशमी बडा दशैंकै सबैभन्दा महत्त्वपूर्ण दिन हो । टीका लगाउने क्रम भने अझै केही दिन बाँकीनै रहेको छ । तस्विर सामाजिक सञ्जालबाट

शीर्ष समाचार

धेरै पढिएको