November 30, 2020, Monday
२०७७ मंसिर १६, मंगलवार

तीन हजार १६७ काेराेना संक्रमित थपिए, लगभग ९० हजारकाे डिस्चार्ज

  • 10
    Shares

काठमाडौं , शनिबार ३ हजार १६७ जना काेराेना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १५ हजार ४३८ जनाको आरटीपीसीआर परीक्षण गरिएको हाे ।
नेपालमा कुल सङ्क्रमित एक लाख २९ हजार ३०४ पुगेको छ । हाल ३८ हजार ७३७ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेका छन् । त्यसैगरी आज डिस्चार्ज हुनेकाे संख्या १८०० पुगेकाे छ भने हालसम्म डिस्चार्ज हुनेकाे संख्या ८९ हजार ८४० जना रहेका छन् ।

शनिबार १२ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे कुल संख्या ७२७ जना पुगेकाे छ ।

शीर्ष समाचार

धेरै पढिएको