November 25, 2020, Wednesday
२०७७ मंसिर १०, बुधबार

दुखि पिडितकाे घाउमा मलमपट्टि लगाउदै नेशनल केयरका अध्यक्ष जीतबहादुर तामाङ : फाेटाेफिचर

  • 761
    Shares

सिन्धुपाल्चोक , सिन्धुपाल्चोककाे ठाउँ ठाउँमा प्राकृतिक विपतिकाे चाेटै चाेट पुगेकाे छ । सामाजिक मनहरु समाजप्रति आफ्नाे कर्तव्य ठानेर सेवा गर्न लागि परेका छन् यहि दाैरानका एक उदाहरण हुन् नेसनल केयर फाउन्डेसनका अध्यक्ष जित बहादुर तामाङ र उनकाे टिम बाह्रबिसे नगरपालिका २ काे विभिन्न ठाउँमा पुगेर विपन्न परिवारहरु पहिचान गरि, दुखि पिडित व्यक्तिलाई समेत उपचारकाे लागि आर्थिक सहयोग देखि लिएर खाद्यान्न सामाग्रीहरु सहयोग गरिरहेका छन् ।

त्यस्तै बिहिबार पनि अध्यक्ष तामाङ लगाएतका टिमले बाह्रबिसे नगरपालिकाका बाढीपहिरो पिडित तथा विपन्न परिवारलाई राहत हस्तान्तरण गरेका हुन् । उक्त कार्यक्रममा अध्यक्ष तामाङ र बाह्रबिसे नगरपालिकाका वडा अध्यक्ष बम बहादुर तामाङको स्वयं उपस्थिति रहि सहयोग प्रदान गरिएको थियाे ।

नगरका विभिन्न स्थान फतेङ, दुरुमथली, लेखर्क, डाडाटोल र कर्थलीमा राहत वितरण गरिएकाे छ ।

राहत सामाग्रीमा खाद्यान्न बस्तु ६३० बोरा चामल, नुन, तेल, चिनी रहेको थियो । विपन्न परिवारलाई र दुखद अबस्थामा रहेका व्यक्तिहरुलाई आगामी दिनहरुमा पनि आफू र आफ्नाे टिमकाे मनसाय रहेकाे अध्यक्ष तनमाङकाे भनाइ छ ।

शीर्ष समाचार

धेरै पढिएको