December 4, 2020, Friday
२०७७ मंसिर १९, शुक्रबार

एकैदिन २१ जना काेराेना संक्रमितको मृत्युु, कुल संख्या ७१५ पुग्याे

  • 25
    Shares

काठमाडौं, नेपालमा काेराेना संक्रमित भई हालसम्म मृत्यु हुनेकाे संख्या ७ सय १५ पुगेकाे छ । जसमध्ये आज २१ जनाकाे शुक्रबार मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएकाे छ ।

हालसम्म नेपालमा कुल संक्रमितको संख्या १ लाख २६ हजार १३७ जना पुगेकाे छ जसमध्ये
शुक्रबार थप ४ हजार ३९२ जनामा कोरोना पुष्टि भएको हाे । कुल सङ्क्रमितमध्ये काठमाडौंमा मात्र २ हजार ४०२ थपिएका छन । आजको पीसीआर टेस्ट १६ हजार ५३१ रहेको छ ।
पछिल्लो २४ घण्टामा कोरोनामुक्त भई ३ हजार ५२२ जना डिस्चार्ज भएका छन् । योसँँगै हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या ८८ हजार ४० पुगेको स्वस्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले नियमित प्रेस ब्रीफिङमा बताएका हुन् ।

शीर्ष समाचार

धेरै पढिएको