
यतिबेला विश्वनै काेराेना भाइरसकाे महामारी सँग जुधिरहेकाे छ । विश्वभर ६५ लाख भन्दा बढि काेराेना संक्रमित हुनुका साथै पाैने चार लाखकाे ज्यानै लिसकेकाे छ । यस्तै काेराेनाकाे असर सिन्धुपाल्चोक बाह्रबिसे नगरमा पनि परेकाे छ र १ जनाकाे मृत्यु समेत भैसकेकाे छ । आम बाह्रबिसे नगरवासिकाे लागि बाह्रबिसे बजारमा उपलब्ध नभएको र अपुग खाद्यान्न सामाग्रीहरु सुपथ मुल्यमा उपलब्ध गराइ कृषकहरुलाई चाहिने कृषि सामाग्रीहरुमा ५० प्रतिसत अनुदान दिएकाे र नगरपालिकाले काठमाडौ बाट झिकाई वडा वडामा पुर्याएकाे सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिकाकाे मेयर निमफुन्जु सेर्पाले बताएका छन् ।
काेराेना भाइरस संक्रमित मात्र नभएर स्वास्थ्य सँग सम्बन्धित सामान हरु पनि र वडाका स्वास्थ्य चाैकिमा पठाएको सेर्पाकाे भनाइ छ । आम नगरवासिकाे स्वास्थ्य अबस्थालाई मध्यनजर गरि केहि स्वास्थ्यकर्मीहरु पनि गाउँमा परिचालन गरेकाे उनले बुधबार हाम्रो कान्तिपुरलाई बताएका छन् ।
आम बाह्रबिसे नगरवासि लाई काेराेनाकाे त्रास नलिन र अप्ठ्यारो अबस्था आई परेमा नगरपालिकालाई जानकारी गराउन साथै काेराेनाले निम्ताएकाे याे खालि समयमा खेत बारीमा खेति गर्न पनि मेयरले आह्वान गरेका छन् ।





