
कोरोनाभाइरस संक्रमणबाट दोलखाका एक ७६ वर्षीय पुरुषको मृत्यु भएको छ । उनको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा बुधबार मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी गराएका छन् । दाेलाखा भिमेश्वर नगरपालिका -२ का ७६ वर्षिया वृद्ध काे महाराजगन्ज स्थित टिचिङ अस्पतालकाे गणेशमान भवनकाे अ आइसियूमा उपचार भैरहेकाे थियाे ।
ती पुरुष गत जेठ १३ गते काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचारका लागि भर्ना भएका थिए । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी गराए अनुसार उनलाई हेमोरेजिक स्ट्रोक भएकोमा सोको अपरेशन गरिएको थियो । यस्तै जेठ १५ गते स्वाबको परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको थियो । त्यसपछि त्रिवि शिक्षण अस्पतालमा रिफर भएका उनको सो अस्पतालको आईसीयूमा उपचार भएको थियाे तर बुधबार उनकाे निधन भएको हाे ।





