December 4, 2020, Friday
२०७७ मंसिर १९, शुक्रबार

रौतहटमा प्रदेश नं २ को प्रदेश कार्यालय उद्घाटन समारोह कार्यक्रम सम्पन्न

  • 285
    Shares

रौतहट, मंगलवार रौतहटमा विपि कोइराला स्कुल अफ पब्लिक पोलिसी प्रदेश नं २ को प्रदेश कार्यलय उद्घाटन समारोह कार्यक्रम सम्पन्न गरिएको छ । सो कार्यक्रममा बिशिस्ट व्यक्तिहरुको उपस्तिथि रहेको थियो ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश २ का नेपाली काँग्रेसको सभापति प्रब्ल दावेदार कृष्णा यादवले नेपाली काँग्रेस पार्टीमा युवापुस्ताले आफ्नो भूमिका सक्रिय बनाउन आवश्यक रहेको बताएका छन् । विपि कोइराला स्कुल अफ पब्लिक पोलिसीले आफ्नो भूमिका पुर्ण रुपमा निर्वाह गर्नेमा आफू विश्वस्त रहेको पनि उनले बताए ।

अहिले कम्युनिस्ट सरकारले जनताको स्वास्थमा खेलवाड गरेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले दिएको अभिव्यक्ति “बेहोस होला जस्तो भएमा वा बेहोस भएमा मात्र अस्पताल जान आग्रह गर्दछु” बाट स्पष्ट हुने उनले बताएका छन् ।

कम्युनिस्टहरुले शक्तिको दुरुपयोग गरेको र अर्को चुनावमा काँग्रेसले दुई तिहाई बहुमत पाउनुका साथै कम्युनिस्ट सरकार पतनको दिशातर्फ गईरहेको सो कार्यक्रममा सहभागी नेपाली काँग्रेसका पुर्व सांसद जितेन्द्र यादवले बताए ।

उद्घाटन समारोहमा प्रदेश २ का सम्पुर्ण पदाधीकारीलाई फूलमाला र दोषला ओढाई सफलकार्यकालको शुभकामना दिएका थिए । कार्यक्रममा स्वागत मंतव्य संस्था केन्द्रीय सदस्य विजेता झाले राखेका थिए । उक्त कार्यक्रममा नेपाली कॉंग्रेस रौतहटका उपसभापति सुनिल कुमार यादव, बिकाश तिवारी, राहुल गुप्ता, रीता रीजाल, रमेश यादव, अजय कर्ण, जिल्ला सचिव हृदय नारायण यादबलगायत नेता कार्यकर्ताको भव्य उपस्थिति रहेको थियो ।

कार्यक्रमलाइ समापन गर्ने क्रममा कार्यक्रमका सभापति फिरोज आलमले यस संस्थाका मार्फतले कॉंग्रेसलाई युवामय बनाउने आफूहरुको लक्ष्य रहेको कुरा स्पष्ट पारेका छन् । रौतहटमा आपराधिक गतिविधि बढ्दै गएकोमा चिन्ता व्यक्त गरे र अपराधी जो कोहि भए पनि कानुनी दायरामा ल्याई कडा भन्दा कडा कारबाही गर्नु पर्ने कुरा उनले बताए ।

शीर्ष समाचार

धेरै पढिएको