
रुकुमको मुसिकाेट नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष दिपक केसीले मंगलबार साँझ ८:४५ बजे वडा नम्बर १४ मा रहेको प्रहरी चाैकिमा आक्रमण गरेका छन । वडा नम्बर १४ काे छिवाङ ज्युलामा रहेको प्रहरी चाैकिमा २५ जनाकाे युवा समूह लिएर साँझ एकासी आक्रमण गरेका हुन ।आक्रमण पछि उनीहरु फरार भएका छन ।
असईकाे नेतृत्वमा सात ,अाठ जना प्रहरि रहेको उक्त चाैकिकाे पाेस्ट भत्काउनुका साथै दुई जना प्रहरी जवानलाई समेत कुटपिट गरेको बताइएको छ । खाना खाईरहेकाे समयमा प्रहरी माथि एकासि आक्रमण भएको स्थानीयबासहरुले बताएका छन । प्रहरी चाैकिमा प्रवेश गरि प्रहरीको हतियार समेत खाेसेकाे तर पछि प्रहरी फेरि बल प्रयाेग गरि हतियार फिर्ता लिएको प्रत्यक्षदर्शी स्थानीयबासिले बताएका छन । केही समय प्रहरी र आक्रमणकारिहरु विच दाेहाेराे झडप समेत भएको थियो । नेकपा बाट निर्वाचित वडा अध्यक्ष दिपक केसीले केही दिन अगाडि छिमेकी सिम्ली गाउँका केटाहरूलाई कुटपिट गरि प्रहरीकाे जिम्मा लगाएका थिए ।तर प्रहरीले ती युवाहरूको केही कमजोरी नभएको भन्दै छाडेको रिसले प्रहरी चाैकिमाथी आक्रमण गरेको स्थानीयबासीकाे भनाइ छ ।घटना स्थल तर्फ थप प्रहरी परिचालन गरि आक्रमणकारीकाे खाेजी भैरहेको प्रहरीले जनाएको छ ।बुधबार विहान सम्म घटनामा संलग्न काेहि पक्राउ परेका छैनन ।
वडा अध्यक्ष दिपक यस अगाडि गुण्डागर्दि कार्यमा संलग्न थिए ।उनलाई नेकपाले वडा अध्यक्षमा निर्वाचित गराएकाे थियो ।बेला बेला अध्यक्ष केसीको व्यवहार बाट नागरिकहरु आजित बनेका छन ।उनलेे नेकपा नेता जनार्दन शर्माको आडमा यस्ता वितन्डा मञ्चाउदै आएका छन ।







