September 27, 2021, Monday
२०७८ आश्विन ११, सोमबार

गोकर्णेश्वर नगरपालिका नयाँपाटीमा निशुल्क ह्विलचियर वितरण

काठमाडौँ, शारीरिकरूपमा अपाङ्गता भएकाहरूलाई लक्षित गर्दै गोकर्णेश्वर नगरपालिका वडा नं. २ कार्यालय, नयाँपाटीमा परिसरमा गत शनिवार निशुल्क ह्विलचियर विवरण गरिएको छ ।wheelchari 2 गोकर्णेश्वर नगरपालिका वडा नं. २ को आयोजना तथा विशेष सहयोगीहरूमा अपाङ्ग पुर्नस्थापना समाज अनामनगर,काठमाडौँ र Latter-Day Saint Charities सहयोगमा वडा नं. १ र २ का ७ जनालाई उक्त ह्विलचियर वितरण गरिएको हो ।

स्थानीय युवा समाजसेवी राज चालिसेको सभापतित्व तथा गोकर्णेश्वर नगरपालिका वडा नं. २ का अध्यक्ष कृष्णबहादुर पण्डितको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा विशेष अतिथिहरूमा गोकर्णेश्वर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष राम मानन्धर र अपाङ्ग पुर्नस्थापना समाजका उपाध्यक्ष सुगम भट्टराई उपस्थिति whheelchar 1थियो ।

त्यस्तै अतिथिहरूमा वडा नंं. २ का वडा सदस्यहरू कृष्णहरि श्रेष्ठ, माया लामा र सरस्वती सुनार तथा समाजसेवी गायत्री दाहाल सहभागी हुनुहुन्थ्यो । प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिका वडा नं. २ का अध्यक्ष कृष्णबहादुर पण्डितले कोभिड– १९ को असहज परिस्थितिमा पनि अपाङ्ता भएकाहरुलाई सहयोग पु¥याउने सहयोगी मनहरूलाई विशेष आभार प्रकट गर्नुभयो ।

अपाङ्ग पुर्नस्थापना समाजका उपाध्यक्ष सुगम भट्टराईले समाजसेवी गायत्री दाहालको विशेष अनुरोधमा यी वडाहरुमा ह्विल चियर वितरण गर्न पाउँदा दशैँको पूर्व सन्ध्यामा पनि शारीरिक रुपमा फरक क्षमता भएका बालबालिकाहरुले खुशीको अनुभूति गर्नेछन् भन्ने आशा राख्दै आगामी दिनमा पनि सहकार्य गर्ने प्रतिवद्धता जनाउनुभयो ।

कार्यक्रममा अपाङ्ग पुर्नस्थापना समाजकी प्राविधिक सुनिता रिजालले ह्विलचियर कसरी प्रयोग गर्ने बारे संक्षिप्त रुपमा जानकारी समेत गराउनुभएको थियो । कार्यक्रमको सञ्चालन गोकर्णेश्वर नगरपालिका वडा नं. २ का सचिव केदारनाथ नेपालले गर्नुभएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको