April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार

फ्रान्समा उडिरहेको दुई विमान एक आपसमा ठोक्किदा पाँचको मृत्यु

पेरिस, फ्रान्सको पश्चिम–मध्य क्षेत्रमा विमान दुर्घटना हुँदा पाँचजनाको ज्यान गएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

टूर्स शहरको दक्षिण–पश्चिममा स्थानीय समय अनुसार शनिबार बेलुका साढे चार बजे दुई विमान ठोक्किएका हुन् ।

दुर्घटना लगत्तै ५० जना अग्निनियन्त्रकसँगै आपतकालीन सेवाका उद्दारकर्मीहरु घटनास्थल पुगेका थिए । ठोक्किएर दुई विमान भूइँमा खसेका हुन्, तर जमिनमा रहेका कोहीलाई पनि केही भएन ।

दुईजना रहेको माइक्रोलाइट विमान र तीनजना सवार रहेको विमान ठोक्किएका हुन् । दुवै विमानमा रहेका गरी कुल पाँचजनाको घटनास्थलमै मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको