
आइकन दिबस खनियाले अबको यात्राको बारेमा छलफल गर्ने भएका छन । उनले टेलिभिजन कार्यक्रम “अ जर्नी थ्रु एग्जिस्टेन्स (अबको यात्रा)” मार्फत असारको पहिलो हप्ताबाट योहो टेलिभिजनबाट प्रत्यक शुक्रबार बेलुका ८:३० बजे बाट ९ बजे सम्म उक्त छलफल सँचालन गर्न लागेका हुन ।
उनले अहिलेको कोरोना कहर पछीको यात्रा कस्तो हुने वाला छ अथवा कस्तो हुनुपर्छ र कोरोना पछीको हाम्रो जिवनको बारेमा आफ्नो टेलिभिजन कार्यक्रममा कुराकानी गर्नेछन। यो कार्यक्रममा बिभिन्न क्षेत्रका ब्यक्तीहरुसँग त्यस क्षेत्रको अबको यात्राको बारेमा बिशेष रुपमा चर्चा गरिनेछ। उनका प्रत्यक कार्यक्रमहरु उत्प्रेरणा प्रदान गर्ने किसिमका हुने गर्दछन। यो कार्यक्रम पनि केबल टेलिभिजन कार्यक्रम मात्र नभएर, कार्यक्रम मार्फत अबको बाटो पहिल्याउने कोशीस गर्ने उनले बताएका छन। दिबस खनिया सामाजिक अभियान्ता, प्रेरक बक्ता साथै अन्तर्राष्ट्रिय अवार्ड बिजेता समेत हुन।





