September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार

लुम्बिनी प्रदेशका कानूनमन्त्रीलाई कोरोना पुष्टि

रुपन्देही, लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सामान्य रुघाखोकी लागेपछि आज उनको लुम्बिनी प्रादेशिक अस्पतालमा पिसिआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो ।

कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि मन्त्री केसी होम आइसोलेशनमा बस्नुभएको र स्वास्थ्यावस्था सामान्य रहेको मन्त्रीका स्वकीय सचिव पवन कवरले जानकारी दिएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको