
सरकार भनेकाे खालि भाषण गर्नका लागि लागि मात्रै हाे भनेर प्रश्न गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रमेश लेखकले अहिले देशमा सरकार छ र ? भन्ने अनुभूति हुन थालेको टिप्पणी पनि गरेका छन् । पत्रकार ऋषि धमलासँगको अन्तर्वार्तामा नेता लेखकले भने सरकार भनेको खाली भाषण गर्नका लागि मात्रै हो भने मेरो भन्नु केही छैन । होइन भने एउटा किटसम्म परीक्षणका लागि उपलब्ध नहुनु कति दूर्भाग्यपूर्ण कुरा हो । ५२ हजारको संख्यामा मानिसहरु क्वारेन्टाइनमा बसेको बेलामा परीक्षणको एउटा किटसम्म नहुनु भनेको धेरै दुःखद् कुरा हो ।
आजभन्दा १ हप्ता अगाडि २ हजार किट पठाइएको छ भनेर स्वास्थ्य मन्त्रीज्यूले भन्नुभएको थियो । आज त्यो पनि कहाँ पुग्यो केही थाहा छैन ।’ लेखकले सुदूरपश्चिमको अवस्था कोरोनाको संक्रमणले बडो नाजुक र दयनीय भएको पनि बताएका छन् । मलाई प्राप्त जानकारी अनुसार हिजो साँझसम्म सुदूरपश्चिमका ९ वटै जिल्लाका गरी ५२ हजार मान्छेहरु क्वारेन्टाइनमा बसेका छन् । हिजो मैले काठमाडौंको सरकारको कुरा सुनेँ उसले ४० हजार भन्दैछ । मैले जिम्मेवार पदाधिकारीसँग कुरा गर्दा ५२ हजार मान्छेहरु क्यारेन्टाइनमा रहेको जानकारी पाइएको छ । त्यसमध्ये कतिपय मानिसहरु उपचारको क्रममा हुनुहुन्छ । तर बडोदुःखका साथ भन्नुपरेको छ, सुदूरपश्चिममा परीक्षणका लागि किटहरु उपलब्ध नभएको पनि बताएका छन् । छैन । त
जचाउनका लागि किटको व्यवस्था छैन । क्वारेन्टाइनमा खानाको पनि व्यवस्था छैन नि ? खानै छैन । घरबाट मानिसहरुले खाना लगेर खुवाइराखेका छन् । त्यही भाडाँ प्रयोग भएको छ । त्यो लिएर घर पुग्छन् । त्यसले संक्रमण फैलिने र सर्ने डरपनि त्यत्तिकै छ । बरु केही सामाजिक संघसंस्थाहरुले खाना खुवाउने काम गरेका छन् । कतिपय व्यक्तिहरुले पनि स्वतस्फुर्त ढंगले सहयोगहरु गरिरहेका छन् । नत्र भने सरकारको पक्षबाट सिन्कोसम्म भाँचिएको छैन । त्यो ठाउँमा सरकार छ भन्ने अनुभूति नै भएन । यस्तो विपद्को बेलामा पनि उपस्थिति नहुने सरकार केको लागि चाहियो ? अहिले सरकार सम्पूर्ण कुरा छोडेर यसैमा केन्द्रित हुनुपर्ने होइन र ? क्वारेन्टाइनमा बसेका मान्छेहरुको खाने, सुत्ने, बस्ने, सौचालयको उचित व्यवस्थापन गर्नुपर्दैन ? त्यहाँ भएका मानिसहरुलाई राम्रोसँग परीक्षण गरेर निरोगीहरुलाई राम्रोसँग घरमा पु¥याइदिनुपर्दैन ? यस्तो गर्मीको मौषम छ । लामखुट्टेले त्यत्तिकै टोकेको हुन्छ ।
पिउने पानी सुद्ध नभएर मानिसहरुलाई अन्य रोगहरु लागेको छ । पोजेटिभ देखियो भने अस्पताल लगेर आइसुलेसनमा राख्नुपर्ने अहिलेको काम होइन । अनि अहिले नै राष्ट्रपतिजीलाई राम्रो, रा्रम्रो कार्पेट चाहिने, ट्वाइलेटमा राम्रो कलर लगाउनुपर्ने, सजावट गर्नुपर्ने, मन्त्रीजीहरुलाई जीमखाना चाहिने, स्वीमिङ पुल चाहिने यस्तो किन भइराखेको अचम्म लागेको छ । फेरि चीमखाना, कार्पेट र ट्वाइलेटमा बजेट गयो म भन्दिँन । तपाईंहरुले उठाउनु भएकाले मैले भनेको हुँ । पुग्छ भने गर्दा हुन्छ तर जनताको समस्यामा त ध्यान दिनुप¥यो नि ? यस्तो अवस्थामा यो सरकारको के कुरा गर्ने । भन्दै लेखकले प्रश्न समेत गरेका छन् ।





