April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार

प्रदेश ५ को राजधानी लुम्बिनी र राजधानी भालुवाङ राख्ने प्रस्ताव प्रदेश सभा बैठकमा पेश

बुटवल, प्रदेश पाँचको नाम लुम्बिनी र राजधानी दाङमा राख्ने प्रस्ताव प्रदेश सभा बैठकमा पेश भएको छ । शुक्रबार बसेको प्रदेशसभाको बैठकमा प्रदेश ५ का आन्तरिक मालिक तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेश पाँचको राजधानी र नामाकरणबारे प्रस्ताव पेश गरेका हुन् ।

प्रदेश ५ को राजधानी भने दाङको राप्ती उपत्यका देउखुरी क्षेत्रमा रहने प्रस्ताव पनि गरिएको छ । त्यस्तै गौतमबुद्धको जन्मस्थल लुम्बिनीको साझा चिनारिको रुपमा प्रदेशको नाम लुम्बिनी प्रस्ताव परिएको मन्त्री केसीले बताएका छन् ।

मन्त्री केसीले राजधानी र नामाकरणबारे प्रस्ताव पेश गरेलगत्तै प्रतिपक्षी कांग्रेसका सांसदहरुले उठेर विरोध गरेका थिए ।

शीर्ष समाचार

धेरै पढिएको