
रौतहट – रौतहटको वृन्दावन नगरपालिकाका नगर प्रमुख राम स्नेही राय यादवले पिसिआर टेस्टको दायरा बढाउन माग गर्नु गरेका छन् । नगर प्रमुख यादवका अनुसार कोरोना महामारीमा प्रदेश सरकार तथा संघिय सरकारले खासै सहयोग नगरे पनि आफु आफ्ना जनतालाई कोरोना महामारी बाट बचाउन कुनै कसर बाकि नराख्ने बताउनु बताउँछन् ।
नगरपालिकाले भए भरको जनशक्ति तथा बजेट परिचालन गर्दै आइ रहेको बताउदै हुँदै नगर प्रमुख यादवले पिसिआर टेस्ट्को दायरा बढाउन मुख्य आवस्यकता रहेको जानकारी गराएका छन् । नेपालमा कोरोना देखा परे पछिको अवस्थामा रौतहटको चार स्थानिय तह चंद्रपुर नगरपालिका, गुजरा नगरपालिका, वृन्दावन नगरपालिका तथा गढिमाइ नगरपालिका संयुक्त रूपमा लगानी गरेर शेर बहादुर दर्लामी फूटबल मैदान चंद्रपुरमा क्वारेन्टाइन निर्माण गरेका थिए । नगर क्षेत्रमा कोरोना संक्रमितको चाप बढे पछि वृन्दावन नगरपालिकाले आफ्नै नगर क्षेत्र भित्र ६ स्थानमा क्वारेन्टाइन निर्माण गरेको छ । कुल ६२५ बेड क्षमता भएको क्वारेन्टाइन जिल्लाकै सर्बा्धिक सुबिधा सम्पन्न रहेको स्वास्थ्य संयोजक राम नरेश यादव बताउनु हुन्छ ।

हाल वृन्दावन नगरपालिकाको क्वारेण्टाइनमा १७२ जना रहेको बताउनु हुँदै स्वास्थ्य संयोजक यादवले प्रत्येक क्वारेण्टाइनमा ६ जनाका दरले स्वास्थ्यकर्मी खटाइएको तथा स्वास्थ्यकर्मीहरुलाई पीपीइ सेट,मास्क,सेनेटाइजरको ब्यबस्था संगै तलवको ६० प्रतिशत भत्ताका साथै खाजा भत्ता प्रति दिन २५० का दरले नगरपालिकाले ब्यबस्था गरेको बताएका छन् संक्रमितको उपचारको लागि अहिले रौतहटको चार स्थानिय तह चंद्रपुर नगरपालिका, गुजरा नगरपालिका, वृन्दावन नगरपालिका तथा गढिमाइ नगरपालिका संयुक्त रूपमा चंद्रपुरमा आइसोलेसन निर्माण गरिरहेको नगर प्रमुख यादवले बताए वृन्दावन नगरपालिकामा हाल सम्म एक जनाको कोरोना पोजिटिभ भएको पुष्टि भएको छ भने कोरेण्टाइनमा रहेका मध्ये २६ जनाको बिहीबारका दिन स्वाव टेस्ट भएकाे छ ।







