दुबै मृगौला फेल भएपछि “लक्ष्मी तामाङ बचाउ अभियान” सुरु, कोरियामा रहेका नेपालीलाई सहयोग गर्न आग्रह

सिओल, लक्ष्मी तामाङ रोजगारीको सिलसिलामा करिब १६ महिना अघि दक्षिण कोरिया पुगेका थिए । मोरङ जिल्ला सुन्दरहरैँचा नगरपालिका ११ बेलेपुर घर भइ कोरियाको आन्सानस्थित एक उत्पादन मुलुक कम्पनीमा कार्यरत लक्ष्मी अचानक बिरामी भई आन्सानस्थित कोरिया युनिभर्सिटी हस्पिटलमा उपचाररत छन् ।
डाक्टरको सल्लाह अनुसार उनको दुबै मृगौला बिग्रेको तत्काल अपरेसन गरि मृगौला ट्रान्सप्लान्ट गर्नुपर्ने वा जिवनभर डाईलासिस गर्नुपर्ने अन्यथा बचाउन नसक्ने बताएका छन् । सो उपचारका लागि महँगो खर्च लाग्ने भएकाले र उनको नेपालमा पारिवारिक अवस्था यकदमै नाजुक भएकाले उनको जीवनरक्षाका लागि कोरियामा उपाध्यक्ष सुरेन तामाङको संयोजकत्वमा “लक्ष्मी तामाङ बचाउ अभियान” सुरु गरेको छ ।
रोजगारीका लागि कोरिया प्रवेश गरेको छोटो समयमा नै यस्तो विपत्ति खेप्नु परेको लक्ष्मी आर्थिक अवस्था अत्यन्तै नाजुक भएको बताउँदै उनले कोरियामा रहेका सम्पुर्ण नेपालीलाई सहयोगका लागि अनुरोध गरेका छन् ।
कोरियामा रहि विभिन्न सङ्घ संस्थामा आवद्ध सामाजिक, राजनीतिक व्यक्तित्व, विद्यार्थी एवम् व्यवसायिक बुद्धिजीवी बर्गहरुलाई सहयोग गरिदिन डाइनामिक मोरङ कमिटीले दक्षिण कोरियाको तर्फबाट अनुरोध गरेको छ ।
सहयोगका लागी खाता नं. ~ 631-076938-01-014
खातावालाको नाम ~ लक्ष्मि तामाङ ।
सम्पर्कका लागी ~
बिनोद बुढाथोकी - 010-9572-8210
सुरेन तामाङ - 010-6870-3055
युवराज फुयाल - 010-4492-2264
सन्तोष तिम्सिना - 010-5958-2859
बिश्वास रायमाझी- 010-2696-8416
प्रतिकृया दिनुहोस्