विदेशी नियोगहरुमा आक्रमण भइरहे बन्द गर्नुको विकल्प छैनः इराकी प्रधानमन्त्री कादिमी

बग्दाद, इराकी प्रधानमन्त्री मुस्तफा अल–कादिमीले कूटनीतिक नियोगमा लगातार हमला भइरहे देशभित्रका विदेशी दूतावासहरु बन्द गर्नुको विकल्प नहुने बताएका छन् ।
उनले इराकभित्रका असामाजिक तत्वहरुले खासगरी बग्दादस्थित अमेरिकी दूतावासलाई लक्षित गरी क्षेप्यास्त्र आक्रमण गरिरहेका छन् ।
यसअघि प्रधानमन्त्री कादिमीले बग्दाद विमानस्थललाई लक्षित गरी भएको क्षेप्यास्त्र आक्रमणका बारेमा तत्काल छानबिन अघि बढाउन आदेश दिएका थिए । यस आक्रमणमा बालबालिका समेत कम्तीमा पाँच जनाको ज्यान गएको थियो ।
प्रधानमन्त्री कादिमीले बग्दादमा रहेका कतिपय अन्तर्राष्ट्रिय संस्था र कूटनीतिक नियोगहरु बन्द गर्नु पर्ने अवस्था सिर्जना भइसकेको मन्त्रिपरिषद बैठकमा जानकारी गराएका थिए ।
प्रतिकृया दिनुहोस्