
रुकुम घटनाकाे निष्पक्ष छानबिन हुनुपर्ने पत्रकार महासंघ काेरिया जिकिर छ समाजमा रहेको जातीय विभेदले निम्त्याएको अत्यन्तै कहालीलाग्दो रुकुमको चौरजहारी नगरपालिका-८ सोतीमा ६ जनाको ज्यानसमेत जाने गरी घटेको घटनाप्रति नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाको ध्यानाकर्षण भएको छ ।
मुलुकमा संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था स्थापित भईसकेको तथा जातीय विभेद र छुवाछुतलाई अन्त्य गर्न घोषणा गर्नुका साथै जातिय विभेद गर्नु नै कानुनत स् अपराध मान्ने गरेको स्थितिमा , समाजमा यथावत रहेको जातिय विभेद तथा रुकुममा घटेको यो घटना मानव अधिकारविरुद्धको निकृष्ट ज्यादती हुुनुका साथै मानवताविरुद्धको जघन्य अपराध हो ।
मानव सभ्यतालाई नै कलंकित बनाउने यस किसिमका घटनाले मुलुकमा विद्यमान कानुनी शासनको समेत धज्जी उडाउने र समाज कुन दिशातर्फ जाँदै छ भन्ने प्रश्नसमेत खडा गरेको महासंघको ठहर छ । महासंघ जातीय विभेद र छुवाछुतको विषयलाई लिएर घटेको यस घटनाकोनिष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ । सिङ्गो समाजलाई नै स्तब्ध बनाउने यस किसिमका आपराधिक घटना दोहोरिन नदिन सरकारको बेलैमा अावश्यक कदम चाल्न जरुरी छ ।






