
सरकारले कोरोना भाइरसको संक्रमण फैलिएको आवश्यक ठाउँ हेरेर सेना परिचालन गर्ने निर्णय गरेको छ । शनिबार साँझ सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदकाे बैठकले निर्णय गरेको हाे ।
मन्त्रिपरिषद बैठक बस्नुअघि सुरक्षा परिषदको बैठक बसेको थियो । सोही बैठकमा सेना परिचालनबारे निर्णय लिईएको थियो । सरकारले लकडाउनलाई लम्ब्याएर जेठ ३२ गतेसम्म कायम गरेको छ भने आन्तरिक तथा बाहृय दुवै विमानस्थल आगामाी असार १६ गतेसम्म बन्द गर्ने निर्णय गरेको जानकारी अाएकाे छ ।





