January 23, 2021, Saturday
२०७७ माघ १०, शनिबार

कपिलवस्तुकाे बाणगंगा नगरपालिका काेइलि खाेलामा बाढी आउदा दुई जनाकाे मृत्यु

  • 5
    Shares

कपिलवस्तुको बाणगंगा नगरपालिकाको कोइली खोलामा आएको बाढीले बिद्युत प्राधिकरणको जिप बगाउदा दुइ जनाको मृत्यु भएको छ । बुधवार दिउसो ४ बजे बाणगंगा नगरपालिकाको वडा नं ९ भलवाडमा बिद्युत बनाएर फर्किने क्रममा बा १ ञ १०८९ नम्वरको जिप बगाएको थियो ।

मोतिपुर कवजे पार गर्ने क्रममा बगाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले बताएको छ ।मृत्यु हुनेमा गुल्मी जिल्ला रेशुंगा नगरपालिका उपल्लो तम्घासका बिद्युत प्राधिकरणका सवारी चालक माधव पाण्डे रहेका छन् । एक जनाको शव गाडी भित्र रहेको र निकाल्ने प्रयास भइरहेको बताईएको छ ।

जिप भित्र बिद्युत प्राधिकरण जितपुर फ्युज सेवाका प्रमुख कृष्ण पौडेल र नाम नखुलेका एक जना ब्याक्ती समेत थिए ।जिपमा ४ जना बिद्युतका कर्मचारी र २ जना सर्वसाधरण चढेका थिए । २ कर्मचारी र १ सर्वसाधरण भाग्न सफल भएका बाणगंगा नगरपालिका वडा नं. ८ का अध्यक्ष विष्णु गिरीले बताउनु भयो ।

घटना स्थलमा अहिले सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरी परीचालन भई खोजतलास जारी रहेको सशस्त्र प्रहरी २८ नं. गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक धुब्र बहादुर कार्कीले बताउनु भयो । खोलामा पानीको बहाव भएको कारणले खोजतलास गर्न असहज भएको छ ।

शीर्ष समाचार

धेरै पढिएको