कोरोना जितेकाहरुले गम्भीर बिरामिका लागि शुरु गरे प्लाज्मा दान अभियान

काठमाडौं, कोरोना संक्रमण भई निको भएकाहरुले कोरोनाका गम्भीर विरामीको उपचारका लागि प्लाज्मा दान अभियानको शुभारम्भ गरेका छन् । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा रहेको रक्त संचार केन्द्रसँग समन्वय गरी अभियन्ताहरुले प्लाज्मादान शुरु गरेका हुन् ।
शिक्षण अस्पतालमा सिधै रगतबाट प्लाज्मा छुट्याएर निकाल्न सक्ने प्रविधि र उपकरण रहेको छ । यस अभियान अन्तर्गत् चार जना संक्रमणमुक्तहरुले प्लाज्मादान गरिसकेका छन् ।
प्लाज्मा दानका लागि तत्काल ११ जना तयारी अवस्थामा रहेका छन् । अन्य ६ जनाले संक्रमणमुक्त भएको निश्चित अवधि पूरा गरेपछि प्लाज्मा दान गर्ने इच्छा व्यक्त गरेका छन् ।
प्रतिकृया दिनुहोस्