June 1, 2023, Thursday
२०८० जेष्ठ १८, बिहीबार

भिम रावलको संयोजकत्वमा सुदूरपश्चिममा प्रदेश कमिटी घोषणा

काठमाडौं, एमालेको माधव नेपाल समूहले सुदूरपश्चिम प्रदेशमा पार्टीका अलग्गै (समानान्तर) समिति बनाएको छ । भीम रावल संयोजकत्वमा प्रदेश कमिटी घोषणा गरिएको हो ।

सोमबार र मंगलबार दुई दिन भएको भेलाले सुदूरपश्चिमका नौमध्ये ८ जिल्लामा नेपाल पक्षले अध्यक्ष पनि तोकेको छ ।

सो समूहले तोकेका जिल्ला अध्यक्ष

कैलाली– दीर्घ सोडारी

कञ्चनपुर– तारा लामा तामाङ

डोटी– चक्र बहादुर मल्ल

डडेल्धुरा– तारा जोशी

बैतडी– महादेव भट्ट

अछाम– शेर बहादुर कुँवर

बझाङ– दिल बहादुर सिंह

बाजुरा– गगन रावल

दार्चुला– तोक्न बाँकी

शीर्ष समाचार

धेरै पढिएको