June 3, 2023, Saturday
२०८० जेष्ठ २०, शनिबार

सुदूरपश्चिममा स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय स्थापना

सुदूरपश्चिम, सङ्घीय मामिला तथा समान्य प्रशासन मन्त्रालय, स्थानीय पूर्वाधार विभागअन्तर्गत धनगढीमा स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय स्थापना गरिएको छ ।

मुलुकका सबै प्रदेशमा एक-एक स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय स्थापना गरी काम अघि बढाउने सरकारको नीति बमोजिम सुदूरपश्चिम प्रदेशको हकमा धनगढीमा यो कार्यालय स्थापना गरिएको हो ।

यो कार्यालयबाट पूर्वाधार विकासका लागि प्रदेश र स्थानीय तहको क्षमता विकासका साथै सडक पुल निर्माण तथा सुधारका क्षेत्रमा काम हुने बताइएको छ । कार्यालयअन्तर्गत पूर्वाधारको गुणस्तर परीक्षण गर्न प्रदेशमा उच्चस्तरको ल्याब (प्रयोगशाला) स्थापना गरिने जनाइएको छ ।

शीर्ष समाचार

धेरै पढिएको