
सुदुरपश्चिम, नेकपा विभाजनको असर सुदुरपश्चिम प्रदेश सरकारमा समेत देखा परेको छ । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार मन्त्री पठानसिंह बोहरालाई बर्खास्त गरिएको छ ।
मुख्यमन्त्री त्रिलोचन भट्टले प्रधानमन्त्री केपी शर्मा ओली समूहका मन्त्री बोहरालाई बर्खास्त गरेका हुन् । भौतिकमन्त्री बनाइएका उनी डडेलधुराबाट प्रदेश सभामा निर्वाचित भएका थिए । सुदुरपश्चिम प्रदेशमा नेकपा एक्लैको बहुमत थियो ।






