March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

कर्णाली प्रदेश सरकारले मुगुका आगलागी पीडितलाई राहत दिने

file photo

कर्णाली, कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले मुगुका आगलागी पीडितलाई राहत तथा पुनःस्थापना गरिने बताएका छन् ।

मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै उनले भने “मुगुको छाँयानाथ नगरपालिका– १ गमगढी बजारमा भएको आगलागीको घटनाप्रति प्रदेश सरकारको ध्यानाकर्षण भएको छ । सोमबार राति १२ बजेबाट लागेको आगलागी नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीको करिब चार घण्टाको लामो प्रयासपछि नियन्त्रणमा आए पनि अर्बौको धनमाल नष्ट भएको छ ।”

आगलागीबाट २१ घर जलेर नष्ट हुनुका साथै ५० करोडको क्षति भएको छ । आगो नियन्त्रणमा सहयोग गर्ने सुरक्षाकर्मीलगायत स्थानीयवासीलाई धन्यवाद दिँदै मुख्यमन्त्री शाहीले अल्पकालीन राहतको व्यवस्था मिलाउन स्थानीय प्रशासनलाई निर्देशन दिएका छन् ।

यसैगरी स्थानीय प्रशासनले क्षतिको विवरण सङ्कलन सुरु गरिसकेकाले सिफारिसका आधारमा तत्कालै राहत प्याकेज घोषणा गरिने विज्ञप्तिमा जनाइएको छ ।

शीर्ष समाचार

धेरै पढिएको