कर्णालीका नवनियुक्त दुई मन्त्रीले लिए शपथ

काठमाडौं, कर्णाली प्रदेशका नवनियुक्त दुई मन्त्रीले सोमबार शपथ लिएका छन् । प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले सीता नेपाली र गोपाल शर्मालाई शपथ गराएका हुन् ।
आइतबार कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद् विस्तार गरेका थिए । जस अनुसार नेपालीलाई आन्तरिक मामिला तथा कानुन, युवा र खेलकुदमन्त्री र शर्मालाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
यसअघि भौतिक विकास मन्त्रालय फुटाएर नेपालीलाई जलस्रोत तथा ऊर्जा विकासमन्त्री नियुक्त गरिएको थियो भने बिन्दमान विष्टलाई आन्तरिक मामिला तथा कानुनमन्त्री नियुक्त गरिएको थियो । तर, विष्टको भने शपथ भएन ।
प्रतिकृया दिनुहोस्