
गण्डकी, कोभिड-१९ संक्रमणको जोखिम बढिरहेको बेला कास्कीको अन्नपूर्ण गाउँपालिका ʿएक व्यक्ति, एक माक्सʾ अभियान सहित जनताको घरदैलोमा पुगेको छ । गाउँपालिकालाई कोरोना भाइरसको सम्भाव्य जोखिमबाट जोगाउने लक्ष्यका साथ एक व्यक्ति एक माक्स अभियानलाई अनिवार्य गराउँदै ११ वटै वडामा पुगिएको गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले बताएका छन ।
उनका अनुसार गाउँपालिका भित्र हालसम्म ३५ हजार माक्स वितरण गरिसकिएको छ भने थप ३५ हजार वितरण गर्ने तयारी गरिएको छ । भाइरसको सङ्क्रमणबाट जोगिनका लागि सर्वसाधारणलाई सचेत गराउन यसको जोखिम, बच्ने उपाय लगायतका विषय समेटिएको एक हजार ५०० ब्रोसर वितरण गरिएको उनले बताएका छन ।







